IME Life New
GBIME

लिबर्टी माइक्रो लाइफको खुद बीमाशुल्क आर्जन १ करोड ९५ लाख, नाफा कति ?

SPIL
NLIC

काठमाडौं । लिबर्टी माइक्रो लाइफले आर्थिक वर्ष २०८१/ ८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस माइक्रो लाइफ कम्पनीले १० लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५६ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको जीवन बीमा कोष २ करोड ३९ लाख रहेको छ । यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १८ लाख ६८ हजार रुपैयाँ खर्चिएको छ ।

Crest

कम्पनीले समीक्षा अवधिमा १ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा अभिकर्ता कमिशनमा ३० लाख ५० हजार रुपैयाँ खर्चिएको छ ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको महाविपत्ती जगेडामा १२ लाख १० हजार रहेको छ । यस अवधिमा कम्पनीको अन्य इक्विटीमा १ लाख २१ हजार रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

71%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS