काठमाडौं । क्रेष्ट माइक्रो लाइफले आर्थिक वर्ष २०८१/ ८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले राम्रो प्रदर्शन गरेको यस वित्तीय विवरणमा देखिएको छ । यस माइक्रो लाइफ कम्पनीले ११ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनकिो नाफा १२० प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले ४ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ११ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको जीवन बीमा कोष २ करोड ३८ लाख रहेको छ ।
कम्पनीले समीक्षा अवधिमा ४ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले पुनर्बीमा मार्फत यस अवधिमा ५१ लाख ८६ हजार रुपैयाँ खर्चिएको छ ।
५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको महाविपत्ती जगेडामा ११ लाख १० हजार रहेको छ । यस अवधिमा कम्पनीको अन्य इक्विटीमा ७२ लाख ७४ हजार रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो १ दशलमव ९७ प्रतिशत रहेको छ ।