काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक गिरावट देखिएको छ ।
यस कम्पनी पहिलो त्रैमासमा १ करोड ८१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा ९८ करोड ९७ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ११ करोड ३२ लाख रहेको छ । अन्य इक्विटीमा ४७ करोड २८ लाख रहेको छ । महाविपत्ती कोषमा ४ करोड ३२ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले ५८ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६३ करोड २९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको हो ।
समीक्षा वर्षमा कम्पनीले १९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३८ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३९ करोड ७६ लाख रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ७४ लाख ६ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ५४ लाख ६४ हजार खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ४६ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १० पैसा रहेको छ। कम्पनीको सोल्भेन्सी रेसियो २ दशलमव १९ प्रतिशत रहेको छ ।