IME Life
GBIME

एनएलजी इन्स्योरेन्सको नाफा ४ करोड ८९ लाख, अन्य वित्तीय सूचक कस्ता ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।

कम्पनीले पहिलो त्रैमाससम्ममा ४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ४ दशलमव ९६ प्रतिशतले घटेको छ ।

Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा १२ करोड ५९ लाख रहेको छ । अन्य इक्विटीमा १५ करोड १९ लाख रहेको छ । महाविपत्ती कोषमा ८ करोड ६९ लाख रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले ५७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ७ प्रतिशतले घटेको हो ।

समीक्षा वर्षमा कम्पनीले १३ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामान्य घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४३ करोड ९७ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४८ करोड ३० लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ५१ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ३७ लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ७१ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३० पैसा रहेको छ। पीई रेसियो १०२.३१ गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो १ दशलमव ७३ प्रतिशत रहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS