काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।
कम्पनीले पहिलो त्रैमासमा १८ करोड ३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३४ करोड ६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३६ करोड ३१ लाख रहेको छ । महाविपत्ती कोषमा २ करोड ३ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको छ ।
समीक्षा वर्षमा कम्पनीले ११ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ५३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ९ करोड १३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ९८ लाख रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ६९ लाख ७९ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा २२ लाख ४४ खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको हो ।