काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ ।
कम्पनीले पहिलो त्रैमाससम्ममा ७ करोड ४ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ८० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १९ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ५९ करोड ८८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५७ करोड ५ लाख रहेको छ । महाविपत्ती कोषमा १४ करोड ९१ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड २ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २ दशलमव ९६ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ३ दशलमव १२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २१ करोड ९२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २१ करोड ३३ लाख रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ११ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड २६ लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ०१ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २७९ रुपैयाँ ८१ पैसा रहेको छ। पीई रेसियो ६७.३९ गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३ दशलमव ३२ प्रतिशत रहेको छ ।