काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८१ /८२को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
३ अर्ब ९३ करोड शेयर पूँजी भएको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८३.१६ प्रतिशतले वृद्धि भएको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ७४ करोड ९० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब ९९ करोड रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ४२.२४ प्रतिशतले वृद्धि भएर १५ अर्ब ६३ करोड पुगेको छ ।
चालू आर्थिक वर्ष २०८१ /८२को पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गतआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १६.१९ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले पुनर्बीमा मार्फत ९ करोड ५६ लाख रुपैयाँ खर्चिएको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड १८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।
कम्पनीले यस अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १६.१५ प्रतिशतले वृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीले १६ करोड ६९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८७ लाख रुपैयाँ खर्चिएको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३.३० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८०.१३ रुपैयाँ रहेको छ ।