IME Life
GBIME

राष्ट्रिय जीवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ५९ करोड, जीवन बीमा कोष ५८ अर्ब बढी

SPIL
NLIC

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा सामान्य बृद्धि देखिएको छ ।

कम्पनीले पहिलो त्रैमाससम्ममा २२ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ९४ प्रतिशतले घटेको हो ।

Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६१ करोड १४ लाख रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा २ करोड ९२ लाख रहेको छ । कम्पनीको जीवन बीमा कोष ५८ अर्ब १ करोड रहेको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्मा रिटेन्ड अर्निङमा ६० करोड ९४ लाख रुपैयाँ थियो । महाविपत्ती कोषमा २ करोड ९० लाख रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ६१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५६ करोड ५४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ० दशमलव ९९ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले ४ अर्ब ५९ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ० दशलमव ८६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५५ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ करोड ८९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ४ करोड ८६ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ५ करोड ५ लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS