IME Life
GBIME

शिखर इन्स्योरेन्सको नाफा साढे ११ करोड माथि, खुद बीमाशुल्क आर्जन २८ करोड २२ लाख

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा सामान्य बृद्धि देखिएको छ ।

कम्पनीले पहिलो त्रैमाससम्ममा ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा २ दशमलव ५० प्रतिशतले बढी हो ।

Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ३५ करोड ६१ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ६४ करोड ४७ लाख रहेको छ । महाविपत्ती कोषमा १४ करोड ५७ लाख रहेको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्मा स्पेसल रिजर्भमा १ अर्ब ७० करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ३० करोड ५४ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा भने ६० करोड ५५ लाख रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा १३ करोड ९९ लाख रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ४४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २ दशमलव ७९ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १ दशलमव ५६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५३ करोड ४४ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५१ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा २ करोड खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ३६ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा रहेको छ। पीई रेसियो ४९.८२ गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३.३३ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS