IME Life
GBIME

रिलायबल नेपाल लाइफको नाफा ६७ % बढ्यो, जीवन बीमा कोष १० अर्ब माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१ /८२को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ४ अर्ब ६४ करोड शेयर पूँजी भएको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६६.९९ प्रतिशतले वृद्धि भएको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ अर्ब ७५ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १८ करोड ७६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ९१ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

Crest

त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ८ अर्ब रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ३५.३५ प्रतिशतले वृद्धि भएर १० अर्ब ८३ करोड पुगेको छ ।

चालू आर्थिक वर्ष २०८१ /८२को पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गतआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.०० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ६६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड १५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा १ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २०.११ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले १२ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९२ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले बीमा पोलिसी धितोमा राखी ४२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३३ करोड २१ लाख कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा २९.२५ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी १७.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६२.९९ रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS