IME Life
GBIME

एशियन लाइफको नाफा ४२% बढ्यो, जीवन बीमा कोष साढे ४३ अर्ब माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८१ /८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ३ अर्ब ३९ करोड शेयर पूँजी भएको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४२.०७ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा २४ करोड ५ लाख रुपैयाँ रहेको छ भने कम्पनीको रिटेण्ड अर्निङ्गमा ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

Crest

त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ३९ अर्ब ९ करोड रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ११.५२ प्रतिशतले वृद्धि भएर ४३ अर्ब ५९ करोड पुगेको छ ।

चालू आर्थिक वर्ष २०८१ /८२को पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गतआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.६१ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले पुनर्बीमा मार्फत १ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा २ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.२३ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले १७ करोड १९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५६ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले बीमा पोलिसी धितोमा राखी ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब ७८ करोड कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा १.६९ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी १५.६४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२३.११ रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

0%

दु :खी

0%

अचम्मित

83%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS