IME Life
GBIME

सिटी होटलले घटायो घाटा, अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटी होटलले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार सिटी होटलले प्रथम त्रैमासमा ५ करोड ६२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि होटलले ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। होटलले घाटा घटाएको छ।

Crest

समीक्षा अवधिमा होटलले सेवा प्रवाहबाट ११ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो। होटलको आम्दानी घटेको छ। होटलको विविध आम्दानी २ करोड ११ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ थियो।

होटलको सामग्री बिक्रीमा २ करोड ८४ लाख रुपैयाँ र कर्मचारीको तलबमा २ करोड २८ लाख रुपैयाँ खर्चको भएको छ। अघिल्लो वर्ष सामग्री बिक्रीमा २ करोड ७४ लाख रुपैयाँ र कर्मचारी तलबमा २ करोड ३९ लाख रुपैयाँ खर्च भएको थियो।

होटलको वार्षिकीकृत प्रतिशेयर आम्दानी ०.०४ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९०.४९ रुपैयाँ रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS