काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ९० वटा ब्रोकर कम्पनी र २ वटा स्टक डिलरको सदस्यता नवीकरण गरेको छ।
नेप्सेले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१।८२ का लागि ब्रोकर र स्टक डिलरको सदस्यता नवीकरण गरेको जानकारी गराएको हो। धितोपत्र दोस्रो बजारमा शेयर कारोबार (खरिद र बिक्री) गर्न ती ब्रोकर र स्टक डिलरको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ।
नेप्सेले केही समयपहिले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको कारोबार सदस्यता नवीकरण गर्न ब्रोकर र स्टक डिलरलाई असोज मसान्तसम्मको समयसीमा दिएको छ। तोकिएको समयसीमाभित्रै सबै ब्रोकर र स्टक डिलरले सदस्यता नवीकरण गरेको नेप्सेले जनाएको छ।
renew