IME Life
GBIME

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्र सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो ।

मुक्तिनाथ विकास बैंक यो पुरस्कारबाट २०२१ मा पनि सम्मानित भएको थियो । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्टस्ले बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्ड विभिन्न विधामा प्रस्तुत गरेको थियो ।

Crest

दक्षिण एसियन देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो । विधामा वित्तीय सेवा क्षेत्रमध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको हो ।

उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका हुन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS