IME Life
GBIME

धितोपत्र बोर्डबाट दुई म्युचुअल फन्डले पाए निष्कासन अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ वटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ।

धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ र ‘एनएमबि सरल बचत फन्ड–ई’लाई निष्कासन अनुमति दिएको हो।

Crest

अब मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ म्युचुअल फन्ड–१ का १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिनेछ।

यो बन्दमुखी म्युचुअल फन्डको कोष प्रवर्द्धकमा मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यसैगरी एनएमबि म्युचुअल फअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ सरल बचत फन्ड–ईका २० करोड रुपैयाँबराबरको इकाइ जारी हुनेछ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल २ करोड इकाइ बिक्री खुला गरिनेछ।

यो खुलामुखी योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS