काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव २४ अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्था र मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।