IME Life
GBIME

हालसम्म ११ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्सेमा सूचिकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये हालसम्म ११ कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये सगरमाथा जलविद्युत कम्पनी, विन्ध्यावासिनी हाइड्रोपावर, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, मन्दकीनि हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, साहस ऊर्जा, भगवति हाइड्रोपावर, माण्डु हाइड्रोपावर र सुपरमाइ हाइड्रोपावर हुन् ।

माण्डु हाइड्रोपावर कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १२ प्रतिशत लाभांश दिने भएको छ । जसमा कम्पनीले १२ प्रतिशत नै नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।

Crest

भगवति हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ दशलमव ७३६८ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये कम्पनीले ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १० दशलमव ७३६८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

साहस ऊर्जाले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

रुरु जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट कुल १५ दशलमव ७८९ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १५ प्रतिशत बोनश शेयर दिने भएको हो भने ० दशलमव ७८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

अपि पावर कम्पनीले ५ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव २६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
अरुण भ्याली हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव १५७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

सगरमाथा जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश दिने भएको छ । जसमा ४ दशमलव ७५ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यी ८ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् ।

त्यसैगरी मन्दकिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले पनि कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ ।

विन्ध्यावासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट कुल ८ प्रतिशत लाभा.श दिने भएको छ । जसमा कम्पनीले बोनश शेयर मात्रै वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ ।

सुपरमाइ हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनश शेयर र ५ दशलमव ६३ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले पनि साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS