काठमाडौं । कार्तिक २६ गते सोमबार नेप्से परिसूचक २७६०.२१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २२.१४ अंकले बढेको छ।
११ अर्ब ३१ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट १ अर्ब ४३ करोड ७७ लाखको कारोबार भएको छ जसमा ७३ करोड ५२ लाखको खरीद छ भने ७० करोड २५ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ५० करोड ९९ लाखको खरीद छ भने ५२ करोड ६३ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।