काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । ३ कम्पनीको १ करोड २२ लाख ७८ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको छ। २ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो भने एक कम्पनीको हकप्रद शेयर सूचिकृत भएको हो । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको हो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत शेयर बापत २ लाख ५० हजार कित्ता र समाज लघुवित्तको १४.२५ प्रतिशत शेयर बापत २८ हजार ५०० कित्ता बोनश सेयर सूचीकृत भएको छ ।
आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत शेयर वापत १ करोड २० लाख कित्ता शेयर सूचिकृत भएको छ ।