IME Life
GBIME

२२ अंकले बढेको बजारमा कारोबार रकम ११ अर्ब ३१ करोड नाघ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव १४ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको २५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, सिर्जनसिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सर्वाधिक कमाउनेमा माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ता रहेका छन् । आज सर्वाधिक लघुवित्त उपसूचक बढेको छ ।

आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशलमव ७१ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS