IME Life
GBIME

प्रभु महालक्ष्मी लाइफको नाफा साढे १२ करोड माथि, ४५.७७%ले बढ्यो जीवन बीमा कोष

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बीमा कम्पनीहरुमा प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने प्रभु महालक्ष्मी लाइफ पहिलो कम्पनी बनेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफले १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २५.७४ प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा ९ करोड ६९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ९ करोड ६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९५ करोड ६१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोषको आकार ६.९६ प्रतिशतले बढेको छ भने रिटेन्ड अर्निङ ३४.८९ प्रतिशतले घटेको छ।

कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा जीवन बीमा कोषमा ७ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४५.७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब २० करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १५ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.८३ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले यस अवधिमा १ अर्ब १७ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४.१८ प्रतिशतले बढेको छ।

शेयरपुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.६९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.३५ रुपैयाँ थियो। पीई रेसियो ५३.५५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS