IME Life
GBIME

सञ्चालनको छोटो समयमै नाफा कमाएको ठमेल प्लाजाले आइपिओका लागि पायो रेटिङ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ठमेलमा रमादा इन्कोर होटल सञ्चालन गरिरहेको ठमेल प्लाजा होटल्स एण्ड स्वीट्स लिमिटेडले प्राथमिक शेयर निष्काशनका लागि रेटिङ पाएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले प्राथमिक शेयर निष्काशनका लागि आइआरएन डब्बल बिख(आइआर) रेटिङ प्रदान गरेको छ।

इन्फोमेरिक्सका अनुसार यस्तो रेटिङ पाएको शेयर जारीकर्ता प्रतिष्ठानले पूर्व निर्धारित समयभित्रै वित्तीय दायीत्व पुरा गर्न सक्ने मध्यमस्तरको जोखिमको अवस्था इंगित गरेको हुन्छ।

Crest

ठमेल प्लाजाले सर्वसाधारणबाट पूँजी जुटाउनका लागि एक सय अंकित मूल्यको १० लाख कित्ता शेयर जारी गर्न क्रेडिट रेटिङ गराएको हो। यसले शेयर निष्काशनका लागि नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेडलाइ नियुक्त समेत गरि सकेको छ।

कम्पनीले गत आर्थिक वर्षमा २७ करोड १० लाख रूपैयाँ आम्दानी गरेको छ। यसले गत आवमा काराेबार रकममा १५ प्रतिशत वृद्धि गर्न सफल भएको थियो । यसको प्रति कोठा औसत आम्दानी २ हजार १५९ रूपैयाँबाट वृद्धि भएर गत आवमा २ हजार ६६५ रूपैयाँ पुगेको थियो। होटलको अकुपेन्सी दर पनि अघिल्लो आवको ६९ प्रतिशतबाट बढेर गत आवमा ७२ प्रतिशत पुगेको थियो ।

इन्फोमेरिक्स नेपालका अनुसार होटलको अकुपेन्सी दर वृद्धि हुँदा खाना र पेय पदार्थको बिक्रीबाट प्राप्त हुने राजश्व पनि उल्लेख्यरूपमा वृद्धि भएको छ। यसको अधिकांश ग्राहक विदेशि पर्यटक हुन् ।

होटलबाट भएको आम्दानीमा वृद्धिका कारण पछिल्लो दुइ आर्थिक वर्ष लगातार ह्रासकट्टी र कर कट्टी अघिको नाफामा ५२ प्रतिशतभन्दा बढीको मार्जिन कायम गर्न सफल भएको छ। होटलले गत आर्थिक वर्षमा १ करोड ९० लाख रूपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। ठमेल प्लाजाले सञ्चालनमा ल्याएको छोटो समयमा नै ‘रमादा इनकोर काठमाडाैं’ होटल नाफाको अवस्थामा ल्याउन सफल भएको छ।

११७० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो चार तारे होटलमा कुल ९० कोठा छन् । होटलको व्यवस्थापनका लागि विनधाम होटल एशिया प्यासिफिक कम्पनीसँग ठमेल प्लाजाले साझेदारी गरेको छ। तीन वर्ष अघि मात्र सञ्चालनमा आएको यो होटलमा व्यवसायी जगन्नाथ ज्ञवालीको ५६ प्रतिशत शेयर स्वामित्व रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS