काठमाडौं । कात्तिक २५ गते आइतबार नेप्से परिसूचक २७३८.०६ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ६२.५४ अंकले बढेको छ।
बजारमा ९ अर्ब ७७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट १ अर्ब ५२ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४९ करोड ५३ लाख रुपैयाँको खरिद भएको छ भने ५० करोड ९९ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४१ बाट ३७ करोड ७० लाख रुपैयाँको खरिद भएको छ भने ४० करोड २० लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ वटा ब्रोकरमध्ये २ वटा ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ वटाले बिक्री धेरै गरेका छन्।