IME Life
GBIME

मोफसलबाट प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो नेपाली आईटी कम्पनी बन्यो ‘डाइनामिक टेक्नोसफ्ट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । एसियन आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६ -८ मा आयोजना गरिएको डिजिटल समिटमा डाइनामिक टेक्नोसफ्टले ‘असोसियो एडटेक अवार्ड २०२४’ (ASOCIO EdTech Award 2024) प्राप्त गरेको हो ।

असोसियो एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पुर्‍याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान दिँदै आएको छ । यस वर्षको डिजिटल समिटमा एसिया प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका नेतृत्वकर्ता, नवप्रवर्तक र विशेषज्ञहरूको उपस्थितिमा डाइनामिक टेक्नोसफ्टलाई ‘एडटेक अवार्ड २०२४’ प्रदान गरिएको हो ।

SKYWELL
Crest

डाइनामिक टेक्नोसफ्टको स्थापनामा वीरगंजमा सन् २०१० मा भएको हो । मोफसलमा स्थापना भई देशका विभिन्न जिल्लामा आफ्नो बलियो बजार विस्तार गर्न सफल डाइनामिक टेक्नोसफ्ट अहिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश गरिसकेको छ ।

मोफसलमा खुलेका कम्पनीमध्ये प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो कम्पनी डाइनामिक टेक्नोसफ्ट बनेको छ । यस अवार्डले आईटी क्षेत्रमा डाइनामिक टेक्नोसफ्टको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक साहले बताए ।

“हामीले नेपाली आईटी क्षेत्रको क्षमता र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै लगेका छौँ,” सीईओ साहले भने, “यसै क्रममा पाएको असोसियो अवार्डले हामीलाई अगाडि बढ्न थप प्रेरणा मिलेको छ ।”

कम्पनीले विशेषगरी विद्यालय र कार्यालय व्यवस्थापनका लागि डाइनामिक एकेडेमिक ईआरपी, डाइनामिक एकाउन्ट ईआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर विकास गरेको छ । कम्पनीबाट उत्पादित सफ्टवेयरहरू ठूला व्यावसायिक घराना, अस्पताल, उद्योग, व्यवसायिक संघ-संस्थाहरू र करिब दुई हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।

डाइनामिक टेक्नोसफ्टले नेपालमा वीरगञ्ज, काठमाडौं, इटहरी, बुटवल, पोखरा र जनकपुरमा शाखा विस्तार गरिसकेको छ भने भारतमा समेत तीव्र रूपमा आफ्नो बजार बढाइरहेको छ । विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले विकसित गरिएको डाइनामिक एकेडेमिक ईआरपी र यसको मोबाइल एप एक हजारभन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन् ।

सीईओ साहका अनुसार कम्पनीले नेपाल र भारतमा मात्र सीमित नराखी आगामी समयमा भुटान, बंगलादेशजस्ता एसियाली मुलुकमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले व्यवसाय बढाई नेपालमा थप रोजगारी सिर्जना गर्ने र देशको प्रविधि क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

साहले भने, “नेपालमा सरकारी निकायले नेपाली कम्पनीहरूप्रति विश्वास नगर्ने प्रवृत्तिले उद्योगहरूको मनोबल घटाएको छ । हामी विश्वस्त छौँ कि नेपाली आईटी कम्पनीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम छन्, तर सरकारी समर्थन अभावले हामीलाई चुनौतिपूर्ण परिस्थितिमा राखेको छ ।”

डाइनामिक टेक्नोसफ्टले दुगड ग्रुप, सिप्रदी, हुलास स्टिल, गोदावरी ग्रुप जस्ता ठूला उद्योगहरूको लागि सफ्टवेयर सेवा प्रदान गर्दै आएको छ । हाल यस कम्पनी वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्ने र २०० भन्दा बढीलाई रोजगारी दिने स्थितिमा पुगेको छ ।

यसअघि डाइनामिक टेक्नोसफ्टले नेसनल आईसीटी अवार्ड २०२४ समेत प्राप्त गरेको थियो । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गरेको भन्दै डाइनामिक टेक्नोसफ्टलाई सातवटै प्रदेशतर्फको नेसनल आईसीटी अवार्ड दिइएको थियो ।

Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS