IME Life
GBIME

ट्रम्पले जित्दा विश्वका शीर्ष १० धनाढ्यको एकैदिन ६४ अर्ब डलरले बढ्यो सम्पत्ति, कसको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपति बन्न लागेका छन्। भर्खरै भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि अमेरिकाको शेयर बजारमा ठूलो उछाल आएको छ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बुधबार विश्वका शीर्ष १० धनीव्यक्तिको कुल सम्पत्तिमा कीर्तिमानी उछाल आएको छ। यस अवधिमा उनीहरुको कुल सम्पत्ति ६४ अर्ब डलर बढेको छ।

Crest

विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क सबैभन्दा बढी लाभान्वित भएका थिए। बुधबार उनको कुल सम्पत्ति २६.५ अर्ब डलरले बढेको छ। मस्कले ट्रम्पको पक्षमा प्रचारप्रसार गरेका थिए। उनले ट्रम्पको पार्टीलाई ११ करोड ९० लाख डलर पनि दिएका छन्। टेस्ला र स्पेसएक्सलगायत धेरै कम्पनी सञ्चालन गर्ने मस्कको कुल सम्पत्ति अहिले २९० अर्ब डलर पुगेको छ।

अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति ७.१४ अर्ब डलरले बढेको छ। बेजोसले वासिंगटन पोस्टमा उपराष्ट्रपति कमला ह्यारिसको समर्थन रोक्ने आफ्नो निर्णयको बचाउ गरे। यो वृद्धिसँगै बेजोसको कुल सम्पत्ति २२८ बिलियन डलर पुगेको छ।

विश्वको तेस्रो धनीव्यक्ति मार्क जुकरबर्गलाई बुधबार थोरै घाटा भएको छ। उनको कुल सम्पत्ति ८ करोड ९ लाख डलरले घटेको छ। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ जुकरबर्गको कुल सम्पत्ति अहिले २०२ अर्ब डलर छ।

डोनाल्ड ट्रम्पका कडा समर्थक र ओरेकलका सहसंस्थापक ल्यारी एलिसनको नेटवर्थ बुधबार ९.८८ अर्ब डलरले बढेको छ। योसँगै उनको कुल सम्पत्ति १९३ अर्ब डलर पुगेको छ। उनी विश्वका धनीव्यक्तिको सूचीमा चौथो स्थानमा छन्।

फ्रान्सेली व्यापारी तथा विश्वको सबैभन्दा ठूलो फेसन कम्पनी एलभीएमएचका सीईओ बर्नार्ड अर्नाल्टको नेटवर्थ बुधबार २.८५ अर्ब डलरले घटेको छ। उनी १७३ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनीव्यक्तिको सूचीमा पाँचौँ स्थानमा छन्।

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको कुल सम्पत्ति बुधबार १.८२ अर्ब डलरले बढेको छ। योसँगै उनको कुल सम्पत्ति १५९ अर्ब डलर पुगेको छ। उनी विश्वका धनीव्यक्तिको सूचीमा छैटौँ नम्बरमा छन्।

गुगलका सहसंस्थापक ल्यारी पेजको कुल सम्पत्ति बुधबार ५.५३ अर्ब डलरले बढेको छ। उनी १५८ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनीव्यक्तिको सूचीमा सातौँ नम्बरमा छन्।

गुगलका अर्का सहसंस्थापक सर्गेई ब्रिनको नेटवर्थ बुधबार ५.१७ अर्ब डलरले बढेको छ। उनी १४९ अर्ब डलरको सम्पत्तिसहित धनीहरुको सूचीमा आठौँ नम्बरमा छन्।

बर्कशायर ह्याथवेका सीईओ तथा प्रख्यात लगानीकर्ता वारेन बफेट विश्वका धनीव्यक्तिको सूचीमा नवौँ नम्बरमा छन्। बुधबार उनको कुल सम्पत्ति ७.५८ अर्ब डलरले बढेयो। योसँगै उनको कुल सम्पत्ति १४८ अर्ब डलर पुगेको छ।

माइक्रोसफ्टका पूर्वसीईओ स्टिभ बाल्मर हाल विश्वका धनी व्यक्तिको सूचीमा दसौँ स्थानमा छन्। बुधबार उनको कुल सम्पत्ति २.८१ अर्ब डलरले बढेर १४६ अर्ब डलर पुगेको छ। –एजेन्सी

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS