काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही कात्तिक २५गतेबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्ने भएको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको कात्तिक २५ गते आइतबारबाट हुने अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले कात्तिक २५ गतेबाट कात्तिक ३० गतेसम्म परीक्षा संचालन गर्न लागेको बताएको छ । उक्त तालिम कात्तिक २५ गते आइतबार विहान ११ बजेबाट १२ः३० बजेसम्म, कात्तिक २६ गते पनि विहान ११ बजेबाट १२ः३० बजेसम्म, कात्तिक २७ गते दिउँसो १ बजेबाट २ः३० बजेसम्म, कात्तिक २८,२९ र ३० गते संचालन गर्ने परीक्षा विहान ११ बजेबाट १२ः३० बजेसम्म संचालन गर्ने जनाइएको छ ।