IME Life New
GBIME

जीवन बीमा किन आवश्यक ? पोलिसी लिँदा यी कुरामा अवश्य ध्यान दिऔँ

SPIL
NLIC

काठमाडौं । मानिसको जीवनमा हुने अनिश्चित जोखिमविरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ। मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगेमा वा मृत्यु भएमा बीमाले सोबापत आर्थिक क्षतिपूर्ति प्रदान गर्दछ। जीवन बीमाको अवधि समाप्त भएपछि बीमित (बीमा गर्ने व्यक्ति)ले वा बीमा अवधिभित्र बीमितको मृत्यु भएमा हकवालाले बोनससहित एकमुष्ठ रकम प्राप्त गर्दछ।

किन आवश्यक छ जीवन बीमा ?

Crest
  • परिवारमा कमाउने व्यक्तिको मृत्युबाट हुने आर्थिक क्षतिलाई कम गर्न,
  • भविष्यमा बालबच्चाको शिक्षा तथा अन्य खर्च व्यवस्थापन गर्न,
  • बूढेसकालका लागि आर्थिक सुरक्षा प्रदान गरी परनिर्भरतामा कमी गर्न,
  • जीवनमा हुन सक्ने रोगव्याध तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षति कम गर्न,
  • कर छुटको सुविधा प्राप्त गर्न।

कसरी गर्न सकिन्छ जीवन बीमा ?

नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त जीवन बीमा कम्पनीका बीमा अभिकर्तामार्फत वा आफू सोझै बीमा कम्पनीमा गई जीवन बीमा गर्न सकिन्छ।

बीमा गर्नुअघि ध्यान दिनुपर्ने कुरा

  • बीमा गर्नुअगाडि आफूलाई आवश्यक पर्ने बीमा तथा बीमांक रकमको यकिन गर्नुपर्दछ।
  • बीमालेखका सम्पूर्ण सर्त एवं सुविधाका बारेमा जानकारी लिनुपर्दछ।
  • आफ्नो पेसा, व्यवसाय एवं आर्थिक स्थितिको आधारमा बीमालेख लिनुपर्दछ।
  • आफूले लिएको बीमालेखबारे आफ्नो परिवारलाई जानकारी गराउनुपर्दछ।
  • बीमालेख सुरक्षित साथ राख्नु पर्दछ।

जीवन बीमाका प्रकार

जीवन बीमालाई सावधिक जीवन बीमा, आजीवन जीवन बीमा र म्यादी जीवन बीमा गरी ३ प्रकारमा विभाजन गरिएको छ।

आजीवन जीवन बीमाः बीमितको मृत्युपश्चात मात्र निजको हकवालालाई बीमाबापतको रकम प्रदान गर्ने गरी बीमितको जीवनभरका लागि गरिएको बीमा नै आजीवन जीवन बीमा हो। यस्तो बीमामा बीमितले जीवनभर बीमाशुल्क बुझाउनुपर्छ र बीमितको मृत्युपश्चात बीमितको हकवालालाई एकमुष्ठ बीमाबापतको रकम प्रदान गरिन्छ।

सावधिक जीवन बीमाः कुनै निश्चित अवधिसम्मका लागि गरिने बीमा नै सावधिक जीवन बीमा हो। बीमा अवधि समाप्त भएपछि स्वयमं बीमितले वा बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमितको हकवालालाई बीमांक रकम (बीमा गरिएको रकम) र पाकेको बोनस प्रदान गरिन्छ।

म्यादी जीवन बीमाः बीमाको अवधिभित्र बीमितको मृत्यु भएमा निजको हकवालालाई बीमाबापतको रकम प्रदान गर्न गरिएको बीमा नै म्यादी जीवन बीमा हो। यो बीमा छोटो अवधिका लागि गरिन्छ। यो बीमा गरिएको अवधिभित्र कुनै दुर्घटना वा क्षति नभएमा बीमितले कुनै पनि रकम प्राप्त गर्दैन। यस्तो बीमा सावधिक जीवन बीमाभन्दा कम बीमाशुल्क (बीमा गर्दा तिर्नुपर्ने रकम) तिरेर गर्न सकिन्छ।                                                                                                     

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS