काठमाडौं । ट्रेड टावर लिमिटेडले मंसिर १२ गते १५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारणसभाको मिति तय गरेको हो ।
सभा होटेल क्रिष्टल पशुपति, ट्रेड टावर, गौशालामा बिहान १०ः३० बजे हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
त्यस्तै, सभाले अन्य कम्पनीसँग मर्जरमा जाने सकिने बारेमा समेत सभामा छलफल हुने जनाएको छ । त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिइने जनाइएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण प्रस्ताव सभाले पासिरत गर्नेछ ।