IME Life
GBIME

आफ्नो कार्यकालमा पूरा गर्न नसकेको काम अबको दिनमा पूरा होस्ः चिरायु भण्डारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल रिइन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आफ्नो कार्यकालमा पूरा गर्न नसकेको काम अबको दिनमा पूरा गर्न शुभकामना दिएका छन् । उनले आज नेपाल पुनर्बीमा कम्पनीको ११ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

भण्डारीले कम्पनीले ११औं वार्षिकोत्सव मनाइरहँदा गर्व महसुस भएको बताएका छन् । ‘२०७२ साल साउन १ गते पहिलो सिइओको रुपमा म प्रवेश गरे, अनी कसरी काम गर्ने कसरी अगाडी बढ्ने भन्नेमा रोधार थिए’, उनले भने, ‘विभिन्न चुनौती, बाधा अड्चन र सबैको साथका कारण म अगाडि बढे । यी विभिन्न बाबजुत पनि आज हामी ११ औँ वार्षिकोत्सव मनाइरहेका छौं । आज हामी यहाँसम्म सफलताका साथ अगाडि बढिरहँदा खुसी महसुस भएको छ ।’

Crest

विगत सम्झदै भण्डारीले भने, ‘भारतमा नै भनुँ पहिला पुनर्बीमा कम्पनी स्थापना हुदा २० प्रतिशतको डाइरेक्टसेसन थियो । हाम्रो नेपालको पुनर्बीमा निर्देशिकामा चाहिँ ३० प्रतिशतसम्म डाइरेक्टसेसन जान सक्ने प्रावधान थियो । तर, पनि हामीले त्यसरी अगाडी बढ्ने कोसिस गर्दा गर्दै पनि धेरै अप्ठ्याराहरु परेका थिए । अन्ततः हामीले २० प्रतिशत डाइरेक्टसेसन ल्याउन सफल भएका थियौँ । अहिलेको परिवेशमा हेर्दाखेरी सबै बीमा कम्पनीको सहयोगले गर्दा नेपाल पुनर्बीमा कम्पनीले आफ्नो निश्चित रुपमा व्यवसाय संकलन गर्न सफल भएको छ । त्यसैले म खुसी छु ।’

हामीले सुरुवाती समयमा पनि सफ्ट्वेरहरुको बारेमा पनि छलफल गरेका थियौं । तर पनि अन्तराष्ट्रियस्तरको सफ्ट्वेरहरुको लागि विभिन्न खालका कोअर्डिनेशन लिएका थियौं । अगाडी बढेन कोसिस गरेका थियौं । विगतका दिनहरुमा हामीले पूरा गर्न नसकेका कुराहरु अब पुरा होस भन्ने शुभकामना व्यक्त गर्दछु ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS