IME Life
GBIME

जनयुद्धमा होमिए, एक दशक कोरियामा बिताए, अहिले राजनीतिसँगै बीमामा चम्किँदै गणेश

SPIL
NLIC

काठमाडौं । छोटो समयमै बीमा क्षेत्रमा आफ्नो परिचय बनाउन सफल व्यक्ति हुन्, गणेश (सौगात) कालीकोटे। उनी पेसाले एजेन्सी म्यानेजर हुन्। गणेश हाल सिटिजन लाइफको बिर्तामोड शाखामा एजेन्सी म्यानेजरको भूमिकामा छन्। उनले बीमा पहुँच अभिवृद्धिका लागि आफ्नो गाउँ, टोल, साथीभाइ र इष्टमित्रमा मात्रै नभई हरेक ठाउँमा गएर बीमा सचेना कार्यक्रम गर्ने गरेका छन्। उनी आफ्नो कामले कहीँकतै जाँदा पनि बीमा शिक्षा दिने गर्छन्। बीमा उनको लत नै बनिसकेको छ।

गणेशको जन्म २०३८ सालमा तेह्रथुमको आठराई साविक ५ मा भएको हो। हाल उनको बसोबास झापाको बिर्तामोड नगरपालिका–५ किराँतचोकमा छ। उनले आईएसम्मको अध्ययन गरेका छन्। सामान्य खेती–किसानी गर्ने परिवारमा जन्मिएका गणेशको बाल्यकाल समान्य रुपमा बित्यो। सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि चासो राख्ने परिवारमा जन्मिएका गणेश पनि त्यही माहोलमा हुर्किए। गणेशले लामो समय राजनीतिक क्षेत्रमा बिताए।

Crest

गणेशले २०५६ सालमा आफूले अध्ययन गरेको कलेज तेह्रथुमबाट क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरे। जनताको हक र अधिकार, मुलुकको सुशासन र परिवर्तनका लागि गणेशले आफ्नो युवाअवस्था नै राजनीतिक क्षेत्रमा व्यतित गरे। आफ्नो देश र जनताका लागि अतुलनीय समय दिएको गणेश बताउँछन्। उनी त्यस समय सशस्त्र माओवादी आन्दोलन- जनयुद्धमा होमिएका थिए। उनले विभिन्न ठाउँमा राजनीतिक नेतृत्व गरे। गणेशले दक्षिण कोरियामा १० वर्ष आफ्नो पार्टीको अध्यक्षताको भूमिका निर्वाह गरे।

गणेशले त्यो समयमा राजनीतिकमात्रै होइन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय थिए। गणेश रिटर्निङ सेन्टर नेपाल प्रदेश १ को अध्यक्षसमेत छन्। स्वेदशमै युवाशक्तिलाई रोजगारीमा जोडेर श्रम र सीपको व्यवस्थापन गरी देश विकास र समृद्धिलाई मूल धारमा जोड्ने लक्ष्यका साथ उनले रिटर्निङ सेन्टरको नेतृत्व गरिरहेका छन्।

बीमा क्षेत्रमा यसरी जोडिए
दक्षिण कोरियामा १० वर्ष बसेर आफ्नो पार्टीको नेतृत्व गर्दैगर्दा गणेशमा बीमासम्बन्धी चासो बढेको थियो। सोही क्रममा उनले विकसित मुलुकको बीमा मापदण्ड, बीमा नीति–नियम, बीमाका फाइदा–बेफाइदालगायतका कुरामा गहिरो अध्ययन गरे। ‘मैले बीमासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड हेर्दै गर्दा मलाई विदेशमा बीमाको अभ्यास धेरै राम्रो लाग्यो’, उनले भने, ‘विदेशमा जस्तो नेपालमा बीमासम्बन्धी मापदण्ड राम्रो छैन होला, कम्पनी कमजोर छन् कि दाबी–भुक्तानीजस्ता जोखिममा रिक्स कभरमा अप्ठ्यारो हुने हो कि भन्नेमा थिए। तर, नेपालमा पनि बीमा अभ्यास धेरै राम्रो लाग्यो। कम्पनीहरु पनि मजबुत रहेछन्। नियमनकारी निकाय स्ट्रङ रहेछ।’

गणेश नेपाल फर्किएपछि पार्टी संगठनका साथी डम्बर विक्रम काफ्लेसँग भेट भयो। सोही भेटमा गणेशका साथी डम्बरले बीमाबारे बुझेका रहेछन्। उनले ‘अब नेपालमा बीमा पहुँच र सचेतना अभिवृद्धि गर्नुपर्छ। बीमा अभिकर्ता सामाजिक पेसा पनि हो। अरुको भलाइका लागि काम गर्ने पेसा हो। आफूलाई पनि इनकम हुने र अरुका लागि पनि सुरक्षित हुनुहोस भनेर जनचेतना अभिवृद्धि हुने पेसा भएकाले राम्रो छ’ भनेर सुझाव दिए। त्यसपछि गणेशले पनि विदेशमा हुँदा बीमाबारे बुझेकाले ‘नेपालमा काम नै गर्दा कस्तो रहेछ हुन्छ गर्छु’ भन्ने प्रतिक्रिया दिए। अनि गणेशले घरनजिकैको सिटिजन लाइफको शाखाका ब्रान्च म्यानेजर जमुना म्याम र एरिया ब्रान्च म्यानेजर उत्तम सरसँग भेट गरे। त्यो भेटमा पनि उनीहरुले गणेशलाई बीमाबारे ज्ञान दिए। प्रेरणा र हौसला दिए। त्यसपछि गणेशले २०७९ सालमा सिटिजन लाइफबाट लाइसेन्स लिएर अभिकर्ताका रुपमा काम गर्न थाले।

काम गर्दै जाने क्रममा गणेशलाई बीमा क्षेत्र मन पर्न थाल्यो। बुझ्दै पनि गए। कम्पनीका सीएमओ सरसँग निकट भए। कम्पनीबाट तालिम, माथिल्लो लेभलका कर्मचारी अभिकर्ता र व्यवस्थापन टिमबाट प्रेरणा पाएपछि काम रमाएर गर्न पाएको गणेश बताउँछन्। सुरुको बीमा गणेशले आफ्नै पार्टी संगठनको नेतृत्व गर्ने साथीको गराएको हुनाले उनलाई पहिलो बीमा बुझाउन र गर्न खासै गाह्रो भएन। त्यसपछि गणेशले बीमा क्षेत्रमा राम्रो व्यापार गर्दै गए।

‘मैले राजनीतिक क्षेत्रमा मात्रै होइन सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान दिएको भएर होला मलाई सबैले छिट्टै विश्वास गर्नुभयो। मानिसहरुले मलाई विश्वास गरेर गरेको बीमामा कम्पनीले पनि विश्वासघात गर्दैन’, गणेशले भने, ‘बीमा कम्पनी परेको बेलामा सहारा हो। हाम्रो सिटिजन लाइफले जोखिम परेको समयमा तत्कालै दाबी भुक्तानी दिने र परे खण्डमा सहयोगसमेत गर्दछ। बीमा क्षेत्र भनेको नै विश्वासको क्षेत्र हो। त्यही भएर हामीले आममानिसको विश्वासलाई गुम्न दिनु हुँदैन।’

बीमा अभिकर्ता बनेपछि जीवनमा धेरै परिवर्तन आएको गणेश सुनाउँछन्। ‘हुन त म सामाजिक र राजनीतिक क्षेत्रमा नजिक भएको मान्छे, मेरो पब्लिक रिलेसन त थियो नै तर अभिकर्ता पेसामै जोडिएपछि पब्लिक रिलेसन अझै बढ्यो’, उनले भने, ‘आम्दानीको क्षेत्र फराकिलो भयो। जुनसुकै तह र तप्काका मानिससँग पनि जनसम्पर्क बढ्यो। बीमासम्बन्धी ज्ञान आफूले लिएर अरुलाई बाँड्ने मौका पाएँ। यसमा म धेरै खुसी छु।’

एक असल बीमा अभिकर्तामा बन्न धेरै गुण हुनुपर्ने गणेशको भनाइ छ। मेहनती, इमान्दारिता, सहनशीलता, धर्यता, लगनशीलता, बीमा बुझाउन सक्ने गुण मुख्य रुपमा अभिकर्तामा हुनुपर्ने उनको धारणा छ।

बीमा अभिकर्ता पेसामा लागेर सन्तुष्ट भएका गणेश भन्छन्, ‘जुन पेसा गर्यो, त्यस पेसालाई मेहनतका साथ गर्यो भने अवश्य सफल भइन्छ। बीमा अभिकर्ता पेसामा सफल हुन निरन्तर लागिपर्नुपर्छ। जो व्यक्तिले निरन्तरतालाई आत्मसाथ गर्दै अगाडि बढ्छ, त्यो पक्कै पनि आफ्नो लक्ष्यमा पुग्न सक्छ।’

गणेशको बुझाइमा बीमा सबैका लागि अपरिहार्य आवश्यकता हो। ‘बीमा गरिबी निवारणको मुख्य खम्बा हो। बीमाले जोखिम भएको समयमा साथ दिन्छ। जीवन बीमाले जीवनमात्रै होइन पुस्ता नै परिवर्तन गरिदिन्छ’, उनले भने, ‘एउटा घरको अभिभावकको अनुपस्थितिमा घरको गास, बास र कपासको सुरक्षित बीमाले गर्दछ। त्यसकारण बीमा सबैका लागि महत्वपूर्ण छ।’

सबैलाई सुझाव दिँदै गणेशले भने, ‘बीमा सबैका लागि आधारभूत आवश्यकता नै हो। जस्तो गास, बास र कपासलाई हामी आधारभूत आवश्यकता मान्छौँ, त्यसैगरी सबैले बीमालाई नभई नहुने आवश्यकता सम्झेर बीमा गराउनुपर्छ। आज हामी सम्पन्न छौँ तर मानिसको जीवनमा कुन समयमा के हुन्छ कसलाई के थाहा हुन्छ र ? हो यही भएर भोलिको भविष्यका लागि भए पनि बीमा गरेर राख्नुपर्छ।’

अभिकर्ता पेसामा आउने नवप्रवेशीलाई गणेशको सुझाव
अभिकर्ता पेसामा प्रवेश गर्न चाहनेहरुलाई लक्षित गर्दै गणेशले अभिकर्ता पेसा सबैभन्दा उत्कृष्ट रहेको बताए। यस पेसामा धेरै सम्भावना रहेको समेत उनको भनाइ छ। नेपालको बीमा बजारलाई बुझेर यो पेसामा प्रवेश गर्ने व्यक्तिहरु सफल हुन सक्ने उनको तर्क छ। ‘समय दिएर यो क्षेत्रमा भएका सम्भावनाका बारेमा अध्ययन गरेर आत्मविश्वासका साथ यस पेसामा प्रवेश गर्नेहरुको भविष्य उज्ज्वल हुन्छ’, उनले भने, ‘विद्यार्थीहरुले पढाइलाई समय दिएर, गृहिणीहरुले घरमा समय दिएर र अन्य जागिर गर्नेहरुले पनि जागिरमा समय दिएर पार्ट टाइमका रुपमा यस पेसालाई अपनाएर आम्दानी गर्न सकिने भएकाले यो पेसा सबैका लागि उत्कृष्ट छ।’

कम्पनीले दिने हरेक टार्गेट मिट गर्न सकभर कोसिस गर्ने गर्दछन्, गणेश। आफ्नो पार्टीको काम, घरायसी, परिवार भेटघाटलगायतका विभिन्न मिटिङमा जाँदा पनि गणेशले बीमासम्बन्धी ज्ञान भने दिने गरेको बताउँछन्। उनले गोल्ड क्लब, रिल्भर क्लबलगायतका कम्पनीका विभिन्न स्किममार्फत अवार्ड प्राप्त गर्न सफल भएका छन्। कम्पनीले दिने लक्ष्य पूरा गरी गणेशले मलेसिया, सिंगापुरलगायत विभिन्न ठाउँमा घुम्ने अवसर पाए। आगामी वर्षमा एमडीआरटीको लक्ष्य पूरा गर्ने गणेशको योजना छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS