IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार बुधबार पनि झिनो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ को विन्दुमा बन्द भएको छ।

बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक १.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह सर्वाधिक ०.८७ प्रतिशतले घटेको छ।

Crest

आज १२१ वटा कम्पनीको शेयरभाउ बढ्दा ११७ कम्पनीको घटेको छ भने ६ वटाको स्थिर रहेको छ।

यो दिन बजारमा करिब सवा ५ अर्ब रुपैयाँको कारोबार भएको छ। कारोबार हिजोको तुलनामा बढेको छ। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ३५ करोड ३८ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः २३ करोड ९४ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः २३ करोड ७५ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः १९ करोड ७३ लाख रुपैयाँ
  • एसआईबीको ऋणपत्रः १५ करोड ७५ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ११ करोड ८१ लाख रुपैयाँ
  • साहस ऊर्जाः ११ करोड ५९ लाख रुपैयाँ
  • सिनर्जी पावरः ९ करोड ९७ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ८ करोड ८ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ७ करोड ९४ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS