IME Life
GBIME

शेयर बजारमा सामान्य गिरावट हुँदा ५ अर्ब २२ करोडको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशलमव ८८ अंकले घटेर २,६७५ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मुल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोका लगानकिर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५५ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS