IME Life
GBIME

डोनाल्ड ट्रम्पः १९ गल्फ कोर्स, रियल स्टेट किङ, कति छ नयाँ अमेरिकी राष्ट्रपतिको सम्पत्ति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचन रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रमको जित सुनिश्चित भएको छ।

कुल ५८३ इलेक्ट्रोल भोटमध्ये ट्रम्पले २६७ वटामा जित हासिल गरिसकेका छन्। राष्ट्रपतिमा निर्वाचित हुन अब उनलाई ३ भोटमात्र आवश्यक छ। राष्ट्रिपतिमा निर्वाचित हुन २७० इलेक्ट्रोल मत चाहिन्छ।

Crest

उता डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले हालसम्म २२४ वटा इलेक्ट्रोल मत पाएकी छन्। अब ४७ वटा इलेक्ट्रोल मतको नतिजा आउन बाँकी छ।

बाँकी रहेको राज्यमा पनि ट्रम्पले अग्रता लिइरहेका छन्। त्यसैले उनको जित पक्का देखिएको छ। ट्रम्प आफैँले जितको घोषणा गरिसकेका छन्। ट्रम्पको जित सुनिश्चित भएपछि समर्थकहरु खुसियाली मनाउन थालिसकेका छन्।

डोनाल्ड ट्रम्प अमेरिकाका सबैभन्दा धनी नेताहरुमा गनिन्छन्। अमेरिकाको ४७ औँ राष्ट्रपति बनेका ट्रम्पले यो जितलाई अविश्वसनीय भनेका छन् । सम्पत्तिको कुरा गर्ने हो भने उनीसँग अर्बौं डलरको सम्पत्ति छ। यसका साथसाथै उनको संसारभरि मिडिया टेक्नोलोजीदेखि घरजग्गासम्मको व्यापार छ।

डोनाल्ड ट्रम्पको कुल सम्पत्ति ६.६ अर्ब डलरदेखि ७.७ अर्ब डलरको बीचमा रहेको अनुमान छ। फोर्ब्स बिलियनेर्स इन्डेक्सका अनुसार एकातिर अमेरिकाका नयाँ राष्ट्रपति ट्रम्पसँग ६.६ अर्ब डलर वा अर्कोतर्फ ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार नोभेम्बर २०२४ मा उनको कुल सम्पत्ति ७.७ अर्ब डलर छ।

डोनाल्ड ट्रम्पले सन् २०१६ पहिलोपटक आफ्नो राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका थिए। त्यतिबेला उनको कुल सम्पत्ति ४.५ अर्ब डलर थियो। यद्यपि ट्रम्पले त्यतिबेला आफूसँग योभन्दा बढी सम्पत्ति भएको बताएका थिए। तर, अमेरिकाको राष्ट्रपति बनेपछि उनको सम्पत्तिमा ह्रास आएको थियो ।

फोर्ब्सको तथ्यांकअनुसार सन् २०२० मा उनको सम्पत्ति २.१ अर्ब डलरमा झरेको थियो। तर उनको कार्यकालपछि यो फेरि बढेर सन् २०२२ मा ३ अर्ब डलर पुगेको थियो। त्यसपछि नोभेम्बर २०२४ मा ७ अर्ब डलर नाघेको छ।

रिपोर्टका अनुसार ट्रम्पको सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा ट्रम्प मिडिया एन्ड टेक्नोलोजी समूहको छ भने दोस्रो ठूलो हिस्सा उनको गल्फ क्लब, रिसोर्ट र बंगलाको छ। ट्रम्पको सम्पत्तिको ठूलो हिस्सा सोसल मिडिया कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको रहेको फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ५.६ अर्ब डलर रहेको छ । ट्रम्पसँग ट्रम्प मिडिया एन्ड टेक्नोलोजीको ११४.७५ मिलियन शेयर र अप्रिल २०२४ मा थप ३ करोड ६० लाख अर्नआउट शेयर छन्। ट्रम्पले कमाएको हेयरको कुल मूल्य करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

विश्वका अन्य धनीव्यक्तिहरु जस्तै डोनाल्ड ट्रम्पको पनि धेरै लक्जरी सम्पत्ति छन्। चाहे त्यो फ्लोरिडाको पाम बिचको किनारमा १ करोड डलरको सुन्दर बंगला होस् वा सेन्ट मार्टिनको विलासी सम्पत्ति। ह्वाइट हाउसबाट बाहिरिएपछि ट्रम्प बस्ने फ्लोरिडाको बंगलाको नाम मार–ए–लागो राखिएको छ। यो सन् १९२७ मा बनेको थियो र ट्रम्पले सन् १९८५ मा किनेका थिए।

यो बंगला २० एकड क्षेत्रफलमा फैलिएको छ । यसमा ५८ शयनकक्ष, ३३ बाथरुम, १२ फायरप्लेस, एक स्पा, स्विमिङ पूल, टेनिस कोर्ट र गोल्फ कोर्स छ। रिपोर्टका अनुसार सन् १९९५ मा ट्रम्पले यसलाई एलिट मेम्बरशिप क्लबमा परिणत गरेका थिए तर त्यसको बावजुद उनले ठूलो हिस्सा आफूसँग राखेका थिए । यो बंगलाबाहेक ट्रम्पको न्यु जर्सी, कनेक्टिकट, हवाई, इलिनोइस र नेभाडाका साथै युरोप, एसिया र दक्षिण अमेरिकामा पनि महँगो आवासीय सम्पत्ति छन् । यसका अलावा फ्लोरिडाबाहेक सेन्ट मार्टिनमा पनि एक करोड डलरभन्दा बढीको निजी सम्पत्ति छ ।

डोनाल्ड ट्रम्प गल्फको शौकिन मानिन्छन् र उनीसँग १९ वटा गल्फ कोर्स पनि छन् । उनको विमान र कार संग्रहले पनि ट्रम्पको सम्पत्तिको झलक दिन्छ।

वासिङ्टन पोस्टको रिपोर्ट अनुसार डोनाल्ड ट्रम्पसँग ५ वटा विमान छन् । रोल्स रोयस सिल्भर क्लाउडदेखि मर्सिडिज बेन्जसम्म सयौं लक्जरी गाडीहरु छन्।

डोनाल्ड ट्रम्पले घरजग्गा व्यवसाय विरासतमा पाएका छन् । उनका बुबा फ्रेड ट्रम्प न्युयोर्कका सबैभन्दा सफल घर जग्गा व्यवसायी थिए। उनले आफ्नी श्रीमती एलिजाबेथसँग सन् १९२७ मा एउटा घर जग्गा कम्पनी सुरु गरे। सन् १९७१ मा डोनाल्ड ट्रम्पले आफ्नो बुवाको व्यवसाय सम्हाले र यसलाई द्रुत रुपमा विस्तार गरे। आफ्नो कम्पनीअन्तर्गत उनले ट्रम्प प्यालेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प इन्टरनेसनल होटल एण्ड रिसोर्टलगायत धेरै आलिसान भवनहरु निर्माण गरेका थिए।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS