IME Life
GBIME

लघु बीमामार्फत ९ कम्पनीले संकलन गरे १९.१२ करोड प्रिमियम, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले लघु बीमा मार्फत असोज महिनासम्ममा कुल १९ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । ९ वटा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले असोज महिनामा २८ हजार ४७८ वटा लघुबीमालेख जारी गरी कुल ७ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

असोज महिनासम्ममा नेशनल इन्स्योरेन्सले ४ वटा लघुबीमालेख बिक्री मार्फत १ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले १८ सय १० वटा बीमालेख मार्फत ४८ लाख २३ हजार रुपैयाँ कुल बीमाुशल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले १३ सय ६५ वटा बीमालेख बिक्री गरी १ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Crest

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ वटा लघुबीमालेख बिक्री गरी १ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६५ वटा लघुबीमालेख बिक्री गरी ६ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्सले २० हजार ७८० वटा लघुबीमालेख बिक्री गरी ५ करोड ५० लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १५ हजार ५४६ वटा लघुबीमालेख बिक्री गरी ४ करोड ६१ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले १८ हजार ५९० वटा लघुबीमालेख बिक्री गरी ४ करोड १८ लाख ५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्सले १४ हजार ८७४ वटा लघुबीमालेख बिक्री गरी ४ करोड २६ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS