काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको आज बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार ९०२ रुपैयाँको कुल ९.४७ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख ८८ हजार ८६२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।
संस्थाले ९ प्रतिशतले हुन आउने ११ करोड १० लाख ४४ हजार ४२१ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशतले हुन आउने ५८ लाख ४४ हजार ४४१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।