IME Life
GBIME

एनसीएचएल र स्मार्ट च्वाइस टेक्नोलोजीबीच सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच समझदारी भएको छ । नेपालपे कार्ड जारी गर्न र एक्वायरका लागि पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने विषयमा दुवै पक्षबीच समझदारी भएको हो ।

समझदारीपत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरे ।

Crest

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्ध रूपमा स्थापना गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे’ र एनपीएस–नेसनल कार्ड स्वीच कार्यान्वयनका लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ ।

उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एससीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरे पश्चात् एनपीएस एनसीएसको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र एक्वायर गर्न सक्नेछ ।

सञ्चालनमा आएपछि उक्त कार्डको राउटिङ, स्विचिङ तथा सेटलमेन्ट एनसीएचएलको नेसनल पेमेन्ट स्वीच मार्फत हुने कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS