Siddhartha Bank
GBIME
IME Life

एक महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ३ अर्ब ६४ करोड माथि, कसको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनहिरुले एक महिनामा साढे ३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले कुल २ लाख ४० हजार ६८ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ६४ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

एक महिनामा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४२ करोड ४१ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ३९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । तेस्रोमा ओरिएण्टल इन्स्योरेन्सले ३९ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

SKYWELL
Crest

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३२ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले ३० करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी एनएलजी इन्स्योरेन्सले २७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २२ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले १९ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १८ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १७ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेशनल इन्स्योरेन्सले ४ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS