काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा उक्लिएको छ।
बजार बढ्दा २१३ कम्पनीको शेयरभाउ बढेको छ। २८ कम्पनीको शेयरभाउ घट्दा २ वटाको स्थिर रहेको छ।
आज नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। वित्त समूह सर्वाधिक ३.४६ प्रतिशतले बढेको छ।
बजारमा आज ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार नेपाल फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- नेपाल फाइनान्सः ३३ करोड ७९ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः २४ करोड ७६ लाख रुपैयाँ
- लाइफ इन्स्योरेन्स कर्पोरेसनः १९ करोड ८३ लाख रुपैयाँ
- जानकी फाइनान्सः १६ करोड ६४ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः १५ करोड ९९ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः १५ करोड ५४ लाख रुपैयाँ
- प्रोग्रेसिभ फाइनान्सः १५ करोड १४ लाख रुपैयाँ
- एनएलजी इन्स्योरेन्सः ११ करोड ७१ लाख रुपैयाँ
- आईसीएफसी फाइनान्सः ११ करोड ५७ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ११ करोड २५ लाख रुपैयाँ