Siddhartha Bank
GBIME
IME Life

पहिलो त्रैमासमा निर्जीवन बीमकको व्यापार ११ अर्ब ३८ करोड, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनहिरुले पहिलो त्रैमासमा ११ अर्ब ३८ करोड बढी कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले कुल ६ लाख ६८ हजार १४० वटा बीमालेख जारी गरी कुल ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९० करोड ९लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

SKYWELL
Crest

त्यसैगरी एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले ५८ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यता राष्ट्रिय बीमा कम्पनीले ५७ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इनस्योरेन्सले ४७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS