Siddhartha Bank
GBIME
IME Life

बजारमा करिब १२%ले बढ्यो नगद परिचालन, थुप्रियो सरकारी ढुकुटीमा पैसा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमास (साउन–असोज)सम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

तथ्यांकअनुसार असोजसम्म बजारमा ७ खर्ब ६१ अर्ब ३१ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ३ महिनाको अवधिमा नगद परिचालन ११.९५ प्रतिशतले बढेको छ।

SKYWELL
Crest

चालु आर्थिक वर्षको २ महिनामा सरकारी कोषको आकार १३७.०७ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। भदौसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

असोजसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब १२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ थियो।

आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ रहेको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS