IME Life
GBIME

वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको ४५% हिस्सा, अरुको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमा व्यापारबाट पौने ७२ करोड रुपैयाँ बढी भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले २ लाख ८६ हजार ५५७ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ७१ करोड ७८ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार वैदेशिक रोजगार बीमालेख बिक्री गरेर सबैभन्दा धेरै सन नेपाल लाइफले कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ३२ करोड ९१ लाख ४१ हजार रुपैयाँको व्यापार गरेको छ। यो कुल वैदेशिक रोजगार बीमा व्यापारको ४५.८५ प्रतिशत हिस्सा हो।

Crest

यसैगरी दोस्रो धेरै वैदेशिक रोजागार बीमाको व्यापार गर्नेमा एसियन लाइफ रहेको छ। यो कम्पनीले ११ करोड ९३ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कुल वैदेशिक रोजगार बीमाको व्यापारमा एसियन लाइफको हिस्सा १६.६२ प्रतिशत रहेको छ।

तेस्रोमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ६ करोड ८० लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो व्यापारमा यस कम्पनीको हिस्सा ९.४९ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्ष असोज मसान्तसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेसनल लाइफले ५ करोड ६८ लाख ५ हजार रुपैयाँ, सानिमा लाइफले ४ करोड ६ लाख २६ हजार रुपैयाँ, सूर्यज्योति लाइफले ३ करोड ९१ लाख ४४ हजार रुपैयाँ, सिटिजन लाइफले १ करोड ९५ लाख ३९ हजार रुपैयाँ, आइएमई लाइफले १ करोड ३४ लाख ३० हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ९ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी असोजसम्म वैदेशिक रोजगार बीमालेख बिक्रीबाट लिबर्टी माइक्रो लाइफले ३ लाख ६० हजार रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले ९८ हजार रुपैयाँ र गार्डिन माइक्रो लाइफले ५६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS