IME Life
GBIME

जीवन बीमा कम्पनीको कुल व्यापार ४१ अर्ब बढी, कुनको बजार हिस्सा कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ३५ हजार ९९८ वटा बीमालेख जारी गरी कुल ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ११ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २९ दशलमव १९ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ ।

Crest

कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशलमव ९४ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ११ दशलमव १३ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यस्तै, हिमालयन लाइफले ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको १० दशलमव ४९ प्रतिशत हिस्सा ओगटेको छ । सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ६ दशलमव ०८ प्रतिशत हिस्सा ओगटेको छ । एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको छ । सिटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ४ दशलमव २५ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ८३ प्रतिशत हिस्सा ओगटेको छ । मेट लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ५१ प्रतिशत हिस्सा ओगटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ४२ प्रतिशत हिस्सा ओगटेको छ ।

यता प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको ३ दशलमव ०२ प्रतिशत हिस्सा ओगटेको छ । आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ९६ प्रतिशत हिस्सा ओगटेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । यस कम्पनीले कुल जीवन बीमा क्षेत्रको २ दशलमव ९४ प्रतिशत हिस्सा ओगटेको छ । सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यसले कुल जीवन बीमा क्षेत्रको २ दशलमव २७ प्रतिशत हिस्सा ओगटेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS