IME Life
GBIME

नेपाली बीमा उद्योगले चाँडै आईएफआरएस सेभेन्टिनमा आधारित नयाँ मापदण्डलाई अँगाल्नेछः सिलवाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाली बीमा उद्योगले चाँडै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस (आईएफआरएस) सेभेन्टिनमा आधारित नयाँ मापदण्डलाई अँगाल्ने बताएका छन्।

विडाप्टले आज काठमाडौंमा आयोजना गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस सम्मेलनमा अध्यक्ष सिलवालले चाँडै नै नेपाली बीमा उद्यागेले आईएफआरएस सेभेन्टिनमा आधारित नयाँ मापदण्डलाई अँगाल्ने बताएका हुन्। ‘यस सम्मेलनमा हामी बीमा उद्योगमा आईएफआरएस सेभेन्टिनलाई लिएर भएको प्रगतिबारे समीक्षा गनेछौँ’, कार्यक्रमका प्रमुख अतिथि सिलवालले बताए।

Crest

पारदर्शिता र विश्वव्यापी मापदण्डसँगको तुलनात्मकलाई लक्ष्य गर्दै लागू गर्न लागिएको यो नयाँ मापदण्डले एउटा उद्योगको रुपमा कसरी बीमा करारलाई पहिचान र मापन गर्छौ भन्ने दिशामा गहिरो र महत्वपूर्ण परिर्वतन ल्याउने अध्यक्ष सिलवालको अपेक्षा छ। ‘आईएफआरएस सेभेन्टिनले यस क्षेत्रको चुनौतीका रुपमा रहेको चासोलाई सम्बोधन गर्दै लेखापालनका लागि अझै बढी सुसंगत दृष्टीकोण खोज्छ’, उनले भने, ‘आईएफआरएस सेभेन्टिनले प्रावधानहरुको पूर्ण पालना गर्दै हाम्रो सञ्चालनको आर्थिक वास्तविकतासँग वित्तीय प्रतिवेदनलाई पंक्तिबद्ध गर्ने कार्यमा जोड दिएको हुन्छ।’

‘यो मानकले बीमक वित्तीय प्रतिवेदनलाई मात्र सुदृढ बनाउँदैन तर हामीले हाम्रो व्यवसायका जटिलतालाई अझ स्पष्टताका साथ पहिचान गर्न सक्छौं भन्ने सुनिश्चित गर्दै सरोकारवालाबीचको विश्वास पनि बलियो बनाउँछ’, सिलवालले भने।

सम्मेलनमा सहभागी विज्ञहरुले आफूहरुलाई यस संक्रमणकालीन अवस्थाका लागि तयारी गर्न मद्दत गर्ने मुख्य परिवर्तन र चुनौतीलाई छुने मानकको मुख्य अवधारणहरु समेट्ने पनि सिलवालले बताए। ‘उहाँहरुको टोली आइएफआरएस सेभेन्टिनको प्रभाव बुझ्ने मामिलामा अग्रपंक्तिमा रहँदै आएको छ’, उनले भने, ‘यसले हामीलाई अन्तरदृष्टि प्रदान गर्नेछ र यी पविर्तनहरुलाई प्रभावकारीरुपमा लागू गर्न सहयोगी हुनेछ।’

सिलवालले आजको सत्रहरुमा सबैलाई पूर्ण रुपमा सहभागी भइदिन पनि आग्रह गरे। ‘परिवर्तनको सामाना गर्दा हाम्रो बीमा क्षेत्र अझै बलियो र लचिलो हुने भएकाले भावी अवसर र चुनौतीलाई अझ राम्ररी बुझ्न हामीले आज यहाँ प्राप्त हुने ज्ञानको उपयोग गर्ने कोसिस गरौँ’, उनले भने, ‘म आजको हाम्रो यो छलफल र सिकाई उपयोगी हुनेमा विश्वस्त छु ।’

सम्मेलनमा बीमा कम्पनीका सीईओ, सीएफओ, नियामकका कर्मचारीसहित ७० जना सहभागी छन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS