काठमाडौं ।एक्चुअरियल सोसाइटी नेपालले शुक्रबार नवोदित बीमाङ्कीहरूका लागि केस स्टडिज (मामिला अध्ययन) प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगितामा बीमाङ्की विषयका विद्यार्थी र प्रशिक्षार्थी समेत ३० जनाको सहभागिता रहेको थियो।
प्रतियोगिताको आयोजनाबाट प्यारामेट्रिक बीमाका लागि नयाँ दृष्टिकोण सिक्न सहयोग मिलेको आयोजकको विश्वास छ । यसबाहेक मामिला अध्ययनमा उपलब्ध गराइएको तथ्यांकको विश्लेषणका माध्यमबाट सिर्जनात्मक विचार निर्माणमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ।
प्रतियोगितामा एक्चुरियल सोसाइटी नेपालकी अध्यक्ष प्रेक्षा माथेमा र बीमाङ्की परामर्श संस्था मिलिमानका परामर्शदाता बीमाङ्की जोसुआ कोलिन्सले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।