Siddhartha Bank
GBIME
IME Life

नेपालमा बीमा क्षेत्रको विकास र विस्तारमा सहकार्य गर्न विदेशी निकाय तयार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा बीमा क्षेत्र विकास र विस्तारमा सहकार्य गर्न विदेशी निकायहरु तयार रहेका छन्।

काठमाडौंमा भएको समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका विदेशी निकायका बीमाविज्ञ र प्रतिनिधिले नेपालमा समावेशी बीमा अगाडि बढाउन र बीमा क्षेत्रको विकास र विस्तारमा सहकार्य गर्न आफूहरु तयार रहेको बताएका हुन्। कात्तिक ६ गतेदेखि सुरु भएको सम्मेलन आज कात्तिक ९ गते औपचारिक रुपमा सकिएको छ।

SKYWELL
Crest

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रि फाउन्डेसन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा भएको यो सम्मेलनको २० औँ संस्करण आयोजना गरिएको हो। बीमासम्बन्धी यो सम्मेलन हालसम्मकै ठूलो हो।

बीमा प्राधिकरणकी निर्देशक पूजन ढुंगेल अधिकारीले सम्मेलनको अन्तिम दिन विदेशबाट आएका बीमा विज्ञ र प्रतिनिधिहरुलाई स्थगलगत निरीक्षण गराइएको बताइन्। ‘सम्मेलन सफलतापूर्वक र सकारात्मक महौलमा सकिएको छ’, उनले भनिन्, ‘समावेशी बीमालाई अगाडि बढाउन यो सम्मेलन फलदायी साबित हुनेछ।’

विदेशी बीमाविज्ञ र प्रतिनिधिहरुसँग बिहीबार छुट्टै छलफल पनि भएको ढुंगेलले बताइन्। ‘उहाँहरु आगामी दिनमा नेपालमा नयाँ बीमा प्रडक्ट ल्याउन सघाउन र नेपालको बीमा क्षेत्रको विकास र विस्तारका लागि सहकार्य गर्न तयार हुनुहुन्छ’, उनले भनिन्।

सम्मेलनमा सहभागी विदेशी निकायहरुले नेपालमा समावेशी बीमालाई अगाडि बढाउन आवश्यक पर्ने सहयोग गर्न तयार रहेको पनि ढुंगेलले बताइन्। उनले भनिन्, ‘नेपालमा सफलतापूर्वक सम्मेलन सकिएकोमा उहाँहरु सन्तुष्ट हुनुहुन्छ।’

सम्मेलनमा नेपालसहित ४० भन्दा बढी देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञ गरी ४५० जनाभन्दा बढीको सहभागिता थियो। सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल भएको थियो।

जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउनेसम्बन्धी रणनीतिलगायतका विषयमा पनि विभिन्न सत्रमा छलफल भएको थियो।

सम्मेलनका विभिन्न सत्रमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसर, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवं अवलम्बनजस्ता मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो। यसका साथै कार्यपत्रहरुमाथि छलफल पनि भएको थियो।

समाजमा आर्थिक रुपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरुको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुंगा साबित हुने विश्वास गरिएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS