IME Life
GBIME

बाढीपहिरोबाट भएको क्षतिको सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी, अरु क्षेत्रमा कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गत असोजको दोस्रो साताको वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोको वितन्डाले ठूलो जनधनको क्षति भएको छ। सयौँ परिवार घरबासविहीन बनेका छन् भने थुप्रै ठाउँमा भौतिक क्षति पुगेको छ। बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी पनि बीमा कम्पनीहरुमा साढे ९ अर्ब रुपैयाँ बढीको परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक ६ गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा ३ हजार ३०६ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म बीमकहरुले २६१ वटा दाबीको ३० करोड ३६ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमामा १ हजार ६३५ वटा दाबीको ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले १३५ वटा दाबीको २६ करोड ७२ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यसैगरी दोस्रो धेरै दाबी इन्जिनिरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। यो क्षेत्रमा २७५ वटा दाबी परेको छ भने ती दाबीको कम्पनीहरुले १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म यो क्षेत्रका २ वटा दाबीको ३० लाख २६ हजार रुपैयाँ कम्पनीहरुले भुक्तानी गरेका छन्।

यसैगरी मोटर बीमा (निजी)तर्फ ८३८ वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३३८ वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको क्रमशः २६ करोड ७७ लाख रुपैयाँ र १६ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म मोटर बीमा (निजी)तर्फको ८४ वटा दाबीको २ करोड २९ लाख ६७ हजार रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फको २१ वटा दाबीको ९१ लाख २५ हजार रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २५ वटा दाबी (२ करोड २८ लाख १९ हजार रुपैयाँ), कृषि बाली बीमातर्फ ५४ वटा दाबी (१ करोड १९ लाख ३३ हजार रुपैयाँ), पशुपन्छी बीमातर्फ १२५ दाबी (१ करोड १२ लाख ३८ हजार रुपैयाँ) र विविधतर्फ १६ वटा दाबी (५५ लाख ५ हजार रुपैयाँ) परेका छन्।

हालसम्म कम्पनीहरुले सामुद्रिक बीमातर्फ एउटा दाबीको ९ हजार रुपैयाँ, कृषि बीमातर्फ १३ वटा दाबीको १० लाख १२ हजार रुपैयाँ र पशुपन्छी बीमातर्फ ४ वटा दाबीको २ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS