IME Life
GBIME

अध्यक्ष ढकालद्वारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य वन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् ।

अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरे । उनले नेपालमा उत्पादन गरि यहाँको बजारसंगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए ।

Crest

त्यसैगरी भारतसंग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसंगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरुलाई दिए ।

नेपालमो प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आव्हान गरे । संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरुलाई देखाए ।

लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडिआइ हेल्पडेस्क मार्फत सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको जनाए । साथै सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गिराए

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS