IME Life
GBIME

मूल्य समायोजनपछि एलआईसी नेपालको शेयरभाउ कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हकप्रद शेयर निष्कासन प्रयोजनार्थ लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को शेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एलआईसीको शेयरभाउ समायोजन गर्दै प्रतिकित्ता ११०१.८५ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १९८८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार एलआईसीको शेयर कारोबारमा आउनेछ।

Crest

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आज कात्तिक ९ गते बुकक्लोज गरेको छ। यसको अर्थ हिजो कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्।

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गर्नेछ।

नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते एलआईसी नेपाललाई हकप्रद शेयर जारी अनुमति दिएको थियो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्नेछ। कम्पनीले धितोपत्र बोर्डमा गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

हकप्रद निष्कासन एलआईसी नेपालले इक्रा एनपी आइआर ए’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआईसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। यस्तो शेयर निष्कासनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS