IME Life
GBIME

मेट लाइफ नेपालले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मेट लाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाब बिना आफ्नो जीवनको सुरक्षा जारी राख्ने बहुमूल्य अवसर प्रदान गरिरहेको छ । ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियान मार्फत, मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १००% छुट र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेखहरूको लागि ६०% छूट प्रदान गर्ने जनाएको छ ।

मेट लाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ ।

Crest

मेट लाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने,“यो अभियानले हाम्रा ग्राहकहरूलाई अप्रत्याशित जोखिम र चुनौतीहरूबाट जोगाउन मद्दत गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । हामी सबै बीमालेख धारकहरूलाई यस अवसरको फाइदा उठाउन र मेटलाइफसँग आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न प्रोत्साहन गर्छौं ।”

थप जानकारीका लागि, मेटलाइफको ग्राहक सेवा विभाग ९७७–१–५९७०१६६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS