IME Life
GBIME

नेप्सेमा २० अंकको गिरावट, कारोबार रकम ६ अर्ब २७ करोड माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ४१ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ । आज ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस ऊर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS